News Portal

  • प्रम ओलीको निजी निवास बालकोटमा बिप्लवको पक्राउ पूर्जी (पूर्जी सहित )

    इभक्तपुर संवाददाताभक्तपुर, १३ चैत
    ११७२ पटक
    भक्तपुर, १३ चैत

    आफ्ना महासचिव बिप्लवलाई राज्यले पक्राउ पूर्जी जारी गरेकोमा आक्रोसित नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी ओलीको विरुद्धमा पक्राउ पूर्जी जारी गरेको छ ।

    मंगलवार दिउसो प्रम ओलीको निजी निवास बालकोटमा नेकपाले पक्राउ पूर्जी टाँसिदिएको हो । तर, पत्रमा भने पक्राउ पूर्जी जारी गर्नुको २ कारण बताइएको छ । २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेकपाका नेताहरू हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवं पद्म राई र पार्टीसम्बद्ध थुप्रै युवाहरूलाई विराटनगरमा गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको र २०७४ चैत ५ गते नेकपाका कोशीब्युरोका इन्चार्ज किरण राईलगायत थुप्रै नेताहरूलाई बिनाकारण गिरफ्तार गरी धनकुटामा थुनामा राखेकोले पक्राउ पूर्जी जारी गरिएको बताइएको छ ।

    पत्रमा प्रमको बिरुद्ध जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । पत्रमा १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सूचित गरिएको छ भने तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार हुने कुराको चेतावनी समेत दिइएको छ ।

    हेर्नुस् पत्र

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...