News Portal

  • आफ्नै सरकार बिरुद्ध एमालेको धर्ना : हातमा दही जमाएर नबस्ने धम्कि

    इभक्तपुर संवाददाताभक्तपुर, १९ बैशाख
    ११२३ पटक
    भक्तपुर, १९ बैशाख

    मध्यपुरथिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको आक्रमणकारीलाई नपक्रिएको भन्दै  नेकपा एमालेका नेताकार्यकर्ता आन्दोलित भएका छन् । आज उनीहरुले आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा धर्ना दिएका छन् ।

    एमालेको भातृ संगठन युवा संघ नेपाल, महिला संघ र अनेरास्ववियुले जिप्रकामा धर्ना दिएका हुन् । उनीहरुलाई चाँगु नारायणका मेयर उपमेयर लगायतले पनि साथ् दिएका थिए ।

    ‘आक्रमणकारीलाई पक्राउ गर, कडा सुरक्षा व्यवस्था गर’ जस्ता नारासहितका प्ले कार्ड बोकेर नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले केहिसमय कार्यालय अगाडि धर्ना दिए ।

    धर्नापछि युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाइ आफुहरु हातमा दहि जमाएर नबस्ने धम्कि समेत दिए । ११ दिनसम्म मेयरका आक्रमणकारी फेला नपर्नुले आक्रमणकारीको मनोबल बढ्न पुगेको बताउदै पाैडेलले एमालेका जनप्रतिनिधिमाथि शृंखलाबद्ध रुपमा आक्रमण भइरहेको कुरा सह्य नहुने बताए ।

    “आक्रमणको क्रम बढ्दै जान्छ भने युवा संघ हातमा दही जमाएर बस्दैन, त्यस्ता आक्रमणकारीसँग चोकचोकमा प्रतिवाद गर्न युवा संघ तयार छ ।” उनले भने ।

    जवाफमा प्रजिअ पोखरेलले आक्रमणकारीको पहिचान भइसकेको भए पनि उनीहरु लुकेर बसेका कारण पक्राउ गर्न नसकेको उल्लेख गर्दै अब छिट्टै पक्राउ गरिने दाबी गरे । प्रजिअ पोखरेलले छिट्टै आक्रमणकारी नसमातेपनि रवाना पत्र भने समात्दैछन् । उनको सर्लाहीमा सरुवा भैसकेको छ ।

    ११ दिनअघि मेयर श्रेष्ठ आफ्नै निवासको नजिकै आक्रमणमा परेका थिए । उनीमाथिको आक्रमणको बिषयलाई लिएर अनेक शंका र धारणा मानिसहरुमा रहेको छ । आक्रमणकारी पत्ता नलाग्दासम्म यो बिषय रहस्यकै गर्भमा लुकेको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...