News Portal

  • लायकूस्थित आदर्श स्कूलमा प्रिज्मको शिविर सम्पन्न

    भक्तपुर, २३ बैशाख
    १३१२ पटक
    भक्तपुर, २३ बैशाख

    मध्यपुर थिमि लायकूस्थित आदर्श माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
    जनसमुदायमा महिलाहरुको मुख क्यान्सर, मुटु रोग, सुगर रोग, खकार परीक्षण र सामान्य रोगहरुको परीक्षण गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको प्रिज्म साकोसका अध्यक्ष प्रेमकाजी श्रेष्ठले जानकारी दिए ।

    स्वास्थ्य शिविरमा महिलाहरुको मुख क्यान्सरमा ५५ जना, मुटुरोगमा १०५ जना, मधुमेहमा १०४ जना, खकार परीक्षणमा ५२ जना र सामान्य रोग परीक्षणमा ४४ जना महिला पुरुष गरी ३६० जनाले स्वास्थ्य परीक्षण गरेका थिए ।

    स्वास्थ्य शिविर प्रिज्म बचत तथा ऋण सहकारी संस्थाको ६ औं स्थापना दिवसको अवसरमा प्रिज्म बचत तथा ऋण सहकारी संस्था, नेपाल क्षयरोग निवारण संस्था, बासुदेव प्रसाद जोशी स्मृति प्रतिष्ठान र नेपाल परिवारनियोजन संघ काठमाडौं उपत्यका शाखाको संयुक्त आयोजनामा भएको क्षयरोग संस्थाका निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी दिए ।

    उक्त स्वास्थ्य शिविरमा निःशुल्क औषधी वितरण गरिएको छ भने निःशुल्क ई.सी.जी. समेत उपलब्ध गरिएको साकोसका प्रबन्धक राजु बज्राचार्यले बताए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...