News Portal

  • ३ सय ६५ स्थानिय तहमा बैंक छैनन्, बैंक दुर्गममुखी बन्न सकेनन् : डिपुटी गभर्नर सिवाकोटी

    प्रेमनाथ पाैडेलसर्लाही, ३० बैशाख
    १३२३ पटक
    सर्लाही, ३० बैशाख
     लघुबित बिकाश बैंकहरु शहरमुखी नभएर ग्रामिण तथा दुर्गममुखी बन्नु पर्ने नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणी सिवाकोटीले बताएका छन् । आईतबार सर्लाहीको हरिवनमा केन्द्रिय कार्यालय रहेको सहकार्य लघुबित बैंकको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।
    ‘क’बर्गका बाणिज्य बैंक र विभिन्न ख बर्गका बिकाश बैंकहरु शहर मुखी  रहेको र उनीहरुले ठूला औधोगिक कल कारखाना र ब्यबसाय मा लगानी गरिरहेको बताउदै डिपुटी गभर्नर सिवाकोटीले अब ग्रामिण दुरदराज र बिकट क्षेत्रमा बैंककिङ्ग सुबिधा बाट बन्चित हरुको लघुबित्त बैंक ले सेवा पुर्याउनु पर्नेमा जोड दिए ।
    देश भर ५ हजार ८ सय विभिन्न बैंकका शाखाहरु भए पनि ७ सय ६६ स्थानिय तह मध्ये अझै ३ सय ६५ स्थानिय तहमा कुनै पनि क ,ख र ग बर्ग बैंक तथा लघुबित बैंक नभएको बताउदै यसै बर्ष भित्र सबै स्थानिय तह मा क बर्गको एक एक वटा बैंक को शाखा खोल्ने लक्ष्य रहेको समेत गभर्नर सिवाकोटी ले बताए ।  त्यस्तै देशमा बैंक खोल्नु र बैंक ले निक्षेप जम्मा गर्ने र लगानी गर्नु मात्र नभै उनी हरु ले सामाजिक रुपान्तरण र बितिय शिक्षा मा समेत जोड दिन र समाज रुपान्तरण गर्ने काममा लाग्न उनले आग्रह गरे ।
    ”आमा बाबूले छोरा छोरी लाई जन्माएर मात्र नहुने बताउदै उचित पालन पोषण गर्न जान्नु पर्ने भए जस्तै बैंक खोलेर मात्र हुदैन ,त्यसको उचित ब्यबस्थापन र परिचालन हुनुपर्छ ।” उनले भने ।
     सरकारले बैंकहरुलाई समेत एकीकरण (मर्च )को दायरा मा ल्याउने काम गरिरहेको  सिवाकोटी को भनाई थियो । बैंकका अध्यक्ष प्रकाश पोख्रेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रम मा क्षेत्र नम्बर ३ ‘क’ का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती ,जिल्ला समन्वय समिति कि उप प्रमुख जमुना पौडेल , हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं लगायतले बैंक तथा बितिय सस्थाको बारेमा आ आफ्नो धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...