News Portal

  • अस्ताए प्रदेश सभा सदस्यमा भक्तपुरबाट निर्वाचित एक असल प्रतिनिधि लामिछाने

    इभक्तपुर संवाददाताभक्तपुर, ३१ बैशाख
    १०७५ पटक
    भक्तपुर, ३१ बैशाख

    आइतवार अकस्मात मष्तिस्कघात भएका प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन  भएको छ । भेन्टिलेटरमा राखेर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेकोमा सोमबार दिउसो १ बजे अस्पतालले उनको निधन भएको घोषणा गरेको हो ।

    मृतक लामिछानेको आजै अन्त्यष्टिसमेत गरिएको छ । आर्यघाटमा बैदिक परम्परा अनुसार उनको अन्त्यष्टि गरिएको पारिवारिक श्रोतले बतायो । उनका श्रीमति, १ छोरा र ३ छोरी छन् ।

    लामिछानेको अन्त्यष्टिमा नेता कार्यकर्ताका साथै उनका आफन्त, शुभचिन्तक र समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्केका लामिछानेलाई आइतवार अकस्मात मष्तिस्कघात (ब्रेन ह्यामरेज) भएको थियो ।
    अस्वस्थ भएपछि उनलाई केएमसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछाने नेकपा एमाले भक्तपुरमा त्याग र निष्ठाको पर्यायको रुपमा परिचित नाम हो । २०३९ सालमा तत्कालिन नेकपा मालेको बिद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक जीवन शुरु गरेका लामिछाने नेकपा एमालेको भक्तपुर जिल्ला समितिका सचिव समेत थिए ।

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित लामिछानेको निधनले एक आशालाग्दा जनप्रतिनिधिको अन्त्य भएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...