News Portal

  • खाजा खाने बहाना बनाएर जबरजस्ती करणी गर्ने युवक भक्तपुर प्रहरीको कब्जामा

    नेपालवाल संवाददाताभक्तपुर, ५ जेठ
    ४७१९ पटक
    भक्तपुर, ५ जेठ

    एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौको शंकरापुर नगरपालिका – ५ बस्ने ३० वर्षीय सन्तोष दंगाल रहेको प्रहरीले जानकारी गराएको छ ।

    पिडितको उजुरीको आधारमा दंगाललाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।

    भक्तपुर नगरपालिकामा बस्ने एक युवतीलाई जवर्जस्ती करणी गरेको आरोप उनीमाथि लागेको छ । दंगालले युवतीलाई भेट्नुछ भनेर साँझमा घर बाहिर बोलाएको र खाजा खाने बहानामा भक्तपुर-१ स्थित एक होटलमा पुर्याएर जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जनाएका छन् । घटना बैशाख ३१ गते अन्दाजी ८ बजेको समयमा घटेको थियो ।

    घटनाको बारेमा थप कार्यवाही अघि बढाइएको प्रहरी निरीक्षक पाण्डेले बताए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...