News Portal

  • एक हप्ता नबित्दै फेरी सल्यानमा बस दुर्घटना २० जना घाइते, १ काे अवस्था गम्भीर

    जेठ ६, सल्यान ।
    ९२८ पटक
    जेठ ६, सल्यान ।

    सल्यानमा फेरी यात्रु बहाक बस दुर्घटना २० जना घाइते भएका छन् ।

    रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस अाज सल्यानकाे पश्चिम क्षेत्रमा रहेकाे सल्ली बजार नजिकै दुर्घटना भएकाे हाे । दुर्घटनामा परि एक जनाको अवस्था गम्भीर भएकाे प्रहरीले बताएकाे छ ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरतबहादुर बिकका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ ।

    घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब सय मिटर तल खसेको छ ।

    चार दिन अघि मात्रै सल्यानको शारदा नगरपालिका १ पटनेरीमा गाडी दुर्घटना हुँदा ३७ जना घाइते भएका थिए । त्यसकाे चार दिन नबित्दै अाज फेरी याे दुर्घटना भएकाे हाे ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...