News Portal

  • तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने राज्यमन्त्री चौधरीको दावी : यस्तो छ सरकारको योजना

    रामकृष्ण शिवाकोटीकाठमाडौँ, ८ जेठ
    १३९१ पटक
    काठमाडौँ, ८ जेठ

    कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले देशलाई तरकारी ,फलफुलमा आत्मनिर्भर बनाउने बताएकी छन । तरकारी क्षेत्र सँग सम्बन्धित सरोकारवालाहरुको राष्ट्रिय कार्यशाला गोष्ठीलाई खुमलटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

    किसानलाई वर्गीकरण गरि साना किसानलाइ अनुदान, मध्यम किसानलाई ब्याज अनुदान, ठूला किसानलाई सहुलियत ऋण उपलब्ध गराउने कार्ययोजना सरकारले अगाडि बढाउने राज्यमन्त्री चौधरीले बताइन् ।

    सबैले आ-आफ्नो घरको छत ,खाली जमिन र गमलामा अर्गानिक तरकारी उत्पादन गरेर आफूलाइ स्वस्थ राख्नुका साथै खर्च बचत र आत्मनिर्भर बनाउन सकिनेसमेत उनले जिकिर गरिन् ।

    प्रधानमन्त्री कृषि आधुनिकरण परीयोजनाको माध्यमबाट तरकारी फलफुलको पकेट ,ब्लक,जोन र सुपरजोन बनाइ किसानलाई कृषिमा आधुनिकीकरण र व्यवासाईकरण गरि कृषि जन्य पदार्थको आयात शुन्यमा झार्ने र निर्यात गरी देशलाई आर्थिक समृद्धि हासिल गर्न सहयोग पुर्याउने राज्यमन्त्री चौधरीको दावी छ ।

    प्रतिकृया दिनुहोस्

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...