News Portal

  • कृषिमा दलालहरुको सिन्डिकेटलाई ध्वस्त पार्ने योजना बनाइएको राज्यमन्त्री चौधरीको दावी

    नेपालवाल संवाददाताकाठमाडौँ, १२ जेठ
    १७४६ पटक
    काठमाडौँ, १२ जेठ

    कृषिमा राज्यले दिने अनुदान दलालहरुको हातमा मात्रै पर्ने भएकोले असली किसानहरु निरास भएकोप्रति दुख व्यक्त गर्दै कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले अव दलालहरुको सिन्डिकेटलाई ध्वस्त पार्ने योजना बनाइएको दावी गरेकी छ्न् ।

    राजधानीमा शुक्रवार महिला पाराभेटरीनरीयनहरुको राष्ट्रिय भेलालाई उदघाटन गर्दै राज्य मन्त्री चौधरीले उक्त दावी गरेकी हुन् । ”कृषिमा रहेको दलालहरुको सिन्डिकेट तोडेर अनुदानलाई असली कृषकमा पुर्याउने योजना बनिसकेको छ, केहि समयमै परिणाम देखिनेछ ।” उनले दावी गरिन् ।

    देशभरीबाट सहभागी भएका महिला पाराभेटरीनरीयनहरुलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले स्थानीय तहको वडा सम्म भेटरीनरी सेवा पुर्याउने लक्ष्य रहेको समेत बताइन् ।

    पशु स्वास्थ्यको सम्बन्ध मानव स्वास्थ्यसंग जोडिएकोले सरकार यो विषयमा गम्भीर रहेको बताउदै राज्य मन्त्री चौधरीले पशु स्वास्थको बारेमा सबैले चासो र चिन्ता लिनुपर्ने जिकिर गरिन् । ”पशु स्वास्थ्यप्रति सरकार गम्भीर छ, रोगबाट पशुधनको रक्षा गर्न सवै एकसाथ लाग्नुपर्छ ।” उनले भनिन् ।

    एक फरक प्रसंगमा बोल्दै उनले संविधानमा महिलालाइ ३३% आरक्षण भनिएता पनि राजनितिक दलहरु र आफनै दलले समेत केन्द्रिय समितिमा ३३% नपुर्याएको प्रति चिन्ता व्यक्त गर्दै सबै महिलाहरु आफ्नो अधिकार प्रति सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...