News Portal

  • यार्सागुम्बा खोज्न डोल्पा पुगेका ३ जनाको लेक लागेर मृत्यु,एकको उद्दार

    ९४४ पटक

    डोल्पा – डोल्पामा यार्सागुम्वा संकलन गर्न गएका का ३ जनाको लेक लागेर मृत्यु भएको छ भने १ जनाको उद्धार गरिएको छ ।
    यार्सागुम्वा टिपेर कमाउला भनेर ठुलीभेरी नगरपालिका वडा नं. १० मा पर्ने ग्यालवारा पाटन पुगेका त्रिपुरासुन्दरी नगरपालिका १० लिकुका ३० वर्षिय नारायण प्रसाद पाहाडीको लेक लागेर विरामी भई दुनै तर्फ ल्याउदै गरेको बेला शनिबार माझबनमा मृत्यू भएको छ । डोल्पो बुद्ध गाउंपालिकाको धो ताक्सी पुगेका जाजरकोट नलगाड नगरपालिका वडा नं. ८ खगेनकोट का १५ वर्षिय भद्र बहादुर चनाराको लेक लागेर विरामी भए पछि उपचारका लागि दुनै तर्फ ल्याउदै गरेको बेला शनिवार राति डोल्पो बुद्ध गाउंपालिका २ मा पर्ने तोलतोल भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    त्यसै गरी काइके गाउंपालिकाको सुन्दरे शेर्पा आधारभुत विद्यालय टुप्पा ताराका शिक्षक शेरबहादुर राना झांक्रीको यार्सागुम्वा टिप्न ठांगे पाटन तर्फ जांदै गरेको बेला पाटन पुग्ने बेला शनिवार लेक लागेर मृत्यु भएको छ । लेक लागेर विरामी धो ताक्सी पाटनमा सिकिस्त विरामी परेका आठबीसकोट नगरपालिका १० रुकुमका हरिबहादुर शाहीको पूर्व गृहमन्त्री जनार्दन शर्माको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि नेपालगञ्ज पुर्याइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

    विश्व कै उच्च मानव वस्ति मानिने धो ताक्सी ४ हजार २ सयको उचाईमा रहेको बस्ति हो । धो ताक्सी बस्ति भन्दा माथि उचाई भएका पाटनहरुमा यार्सागुम्वा पाइन्छ । डोल्पाका ताक्सी भन्दा उचाई रहेका दर्जनौ पाटनहरुमा यार्सा पाइन्छ । डोल्पाका ती यार्सागुम्वा पाइने सबै पाटनहरुमा यतिबेला हजारौं यार्चा संकलकहरु पुगेका छन् ।
    संचार समस्याका कारण कुन पाटनमा के के समस्या परेको छ । जानकारी आउन कठिन रहेको प्रहरीले जनाएको छ । र कुरा सानातिना स्वास्थ्य समस्यालाई समस्या नमान्ने र अन्तिम अवस्था आए पछि मात्र गुहार्ने परम्पराले उद्धारमा कठिनाई आउने गरेको अनुभव रहेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रप्रसाद चापागाइले बताए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...