News Portal

  • आईपिएल:हैदरावादलाई हराउँदै चेन्नईले उपाधि जित्यो ,२० करोड भारु पुरस्कार

    जेठ,१४
    ८८३ पटक
    जेठ,१४

    मुम्बई– शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ। योसँगै तेस्रो पटक उपाधि जितेको चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको छ।

    महेन्द्र सिंह धोनीको कप्तानीमा आइतबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको चेन्नईले हैदरावादलाई १७८ रनमा रोक्यो। फाइनल भिडन्तमा हैदरबादले दिएको १७९ रनको चुनौती चेन्नईले ९ बल बाँकी छँदै २ विकेटको क्षतिमा भेट्टाएर महेन्द्रसिंह धोनीको टोली उपाधि उचाल्न सफल भएको हो ।

    चेन्नईलाई उपाधि दिलाउन शेन वाट्सनले विस्फोटक पारी खेले । उनले नटआउट रहँदै ५७ बलमा ११७ रन बनाए । आईपीएलको फाइनलमा सतक बनाउने पहिलो खेलाडी पनि वाट्सन बनेका छन् ।

    वाट्सन फाइनल भिडन्तमा लक्ष्य पछ्याउँदै शतक बनाउने पहिलो ब्याट्सम्यान पनि बनेका छन् । यसअघि हैदराबादको तर्फबाट कप्तान केन विलियम्सनले ४७ र यूसुफ पठानले ४५ रन बनाएपछि स्कोर १७८ रनसम्म पुगेको थियो ।

    उपाधि भिडन्तका क्रममा टस हारेर पहिले ब्याटिङमा उत्रेको सनराइजर्स हैदराबादको टीमले २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएर चेन्नई सुपर किङ्सलार्इ १७९ रनको चुनौती दिएको थियो ।

    हैदरावादका लागि कप्तान केन विलम्सनले ४७ रन बनाए। ३६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
    युसुफ पठानले नटआउट ४५ रन जोडे। २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।

    शिखर धवन २ चौका र १ छक्कासहित २६, शकिब अल हसनले २ चौका, १ छक्कासहित २३ र कार्लाेस ब्राथवेटले ३ छक्कासहित २१ रन बनाए।

    बलिङतर्फ कर्ण शर्मा, रवीन्द्र जडेजा, डायन ब्राभो, लुंगी निग्दी र शार्दुल ठाकुरले समान १–१ विकेट लिए।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...