News Portal

  • खोजि गरिरहेको प्रहरीलाई जिल्याउदै एसएसपी खत्री अदालतमा उपस्थित

    नेपालवाल संवाददातामोरङ, १७ जेठ
    ८९२ पटक
    मोरङ, १७ जेठ

    सुन तस्करीका फरार अभियुक्त बरिष्ठ प्रहरी अधिकारी प्रहरीलाई सुइकै नदिइ अदालतमा उपस्थित भएका छन । वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा उपस्थित भएका हुन् ।

    खत्रीलाई खोजिरहेको प्रहरीलाई जिल्याउदै उनी जिल्ला अदालत मोरङमा उपस्थित भएका छन । मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले खत्री अदालतमा उपस्थित भएको पुष्टि गरेका छन् ।

    ६३ जनामाथि मुद्दा दर्ता गरिएकोमा खत्री फरारको सूचीमा थिए । उनी आज अदालतमा उपस्थित भए पनि अझै ३१ अभियुक्त फरार रहेका छन् ।

    अपडेट : अभियुक्त एसएसपी श्याम खत्रीले ३३ क्वीन्टल सून तस्करी र सनम हत्या प्रकरणमा संलग्नता बारे इन्कारी बयान दिएका छन । १२ पेज लामो बयान लिएपछि उनलाई जेल चलान गरिएको छ । मोरंग जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षको लागि जेल चलान गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...