News Portal

  • २८ डीएसपीको एसपीमा सिफारिस : भक्तपुरबाट प्रज्वल परे

    नेपालवाल संवाददाताभक्तपुर, २० जेठ
    ४९५४ पटक
    भक्तपुर, २० जेठ

    नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ २८ प्रहरी नायव उपरीक्षकहरु प्रहरी उपरीक्षक पदमा पदोन्नतीका लागि सिफारिस भएका छन । रिक्त २८ पदमा बढुवा समितिले पदपूर्तीको लागि सिफारिस गरेको हो ।

    बढुवा समितिको शनिवारको बैठकले प्रहरी उपरीक्षकको रिक्त पदहरुमा प्रहरी नायव उपरीक्षकहरुको बढुवा सिफारिस गरेको बढुवा समितिको सचिवालयले बताएको छ ।

    बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी परेका छन । उनले कुल ८९.९२ नम्बर पाएका छन । २८ औं नम्बरमा परेका चन्द्रदेव राइले ८२.९८ प्राप्ताङ्क हासिल गरेका छन ।

    भक्तपुरको थिमीस्थित महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जन पनि प्रहरी उपरीक्षकमा बढुवा सिफारिस भएका छन् । पछिल्लो समय मध्यपुर थिमीका मेयर मदन सुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने देखि लाइसेन्सको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी समात्नेसम्ममा सफलता हासिल गरेका महर्जन बरियतामा २५ औं नम्बरमा परेका छन् ।

    प्रधानमन्त्री केपी ओलीको सुरक्षामा रहेका उनका विस्वाशीला शान्तुराम भट्टराइ पनि बढुवा भए । भट्टराई चौथो नम्बरमा सिफारिस हुन सफल भएका छन् ।

    त्यसैगरी शनिवार नै बढुवा समितिले ५५ प्रहरी निरीक्षकलाइ प्रहरी नायव उपरीक्षक पदमा पदोन्नतीका लागि सिफारिस गरेको छ ।

    हेर्नुस् एसपीमा बढुवा हुने २८ डीएसपी

    DSP-SP-sifarish-2075-02-19

    हेर्नुस् डीएसपीमा बढुवा हुने ५५ इन्स्पेक्टर

    Ins-Dsp-sifarish-2075-2-19

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...