News Portal

  • शिक्षकहरुलाई राहत : रोकिएको शिक्षक सरुवा खुल्यो

    बाबुराम दाहाल भक्तपुर, २२ जेठ
    ४०८० पटक
    भक्तपुर, २२ जेठ

    केहि महिनादेखि रोकिएको शिक्षक सरुवा खुलेको छ । शिक्षा विभागले मंगलवार एक निर्णय गर्दै रोकिएको सरुवा सुचारु गरेको हो ।

    बिभाग श्रोतका अनुसार शिक्षक सरुवामा मनपरी भएको भन्दै उजुरी परेपछि विभागले सरुवा स्थगित गरेको थियो । सिरहा , सप्तरी , सर्लाही , दाङ्ग लगायतका जिल्लामा मनपरी ढंगमा शिक्षक सरुवा भएको गुनासो आएपछि सरुवा स्थगित गर्नुपरेको श्रोतको दावी छ ।

    शिक्षक सरुवाको अधिकार जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाइ रहेको छ । जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरुको परिवर्तन भए संगै शिक्षक सरुवा गर्ने निर्णय गरिएको छ । शिक्षक सरुवाको सम्बन्धमा देखिएका समस्याहरु हल भएपछि सरुवा फुकुवा गरिएको बताइएको छ ।

    रोकिएको शिक्षक सरुवाको सम्पूर्ण प्रक्रिया सुचारु भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पुष्टि गरेका छन । शिक्षक सरुवा नियमित प्रक्रिया भएकोले रोकिराख्ने कुरा जायज नभएको ठहर गर्दै फुकुवा गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

    सरुवाको नियमित प्रक्रिया अबरुद्ध हुदा शिक्षकहरु मर्कामा परेका थिए । यसले शिक्षकको दरबन्दी मिलान गर्ने काम समेत अघि बढ्न सकेको थिएन ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...