News Portal

  • सानोठिमी क्याम्पस अगाडी ट्रिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु

    नेपालवाल संवाददाताभक्तपुर, ८ असार
    ४२०३ पटक
    भक्तपुर, ८ असार

    भक्तपुरमा ट्रिपरको ठक्करबाट फेरि एक जनाको मृत्यु भएको छ । शुक्रवार बिहान ट्रिपरले ठक्कर दिँदा घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो ।

    मध्यपुर ठिमी नगरपालिका- २ सानोठिमी क्याम्पस अगाडी बा. २ क. ३९३४ नं. को ट्रिपरले बा. ६६ प. ८५५३ नं. को स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक चेत बहादुर थापाको ज्यान गएको बतैएको छ । बिहान अन्दाजी ५ : ३० बजेको समयमा दुर्घटना हुदा सक्त घाइते ४८ बर्षिय थापालाई ठिमीस्थित मध्यपुर अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौंस्थित बि एण्ड बी अस्पताल पुर्याइएका थापाको उपचारकै क्रममा ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

    मृतक थापा सिन्धुपाल्चोकको सेलाङ- ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका-६ पुरानो थिमीमा बस्दै आएका थिए । ठक्कर दिने चालक ललितपुरको च्यासल बस्ने बर्ष ३० को राजन खड्गीसहित ट्रिपर प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोख्रेलले जानकारी गराएका छन् ।

    फेसबुकमै निरन्तर खबरको लागि हाम्रो फेसबुक पेज लाइक गर्नुस्

    https://www.facebook.com/Nepalwall/

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...