News Portal

  • ५ घण्टा पछि बल्ल एसइइको परीक्षाफल प्रकाशित

    नेपालवाल संवाददाताभक्तपुर, ९ असार
    १४८१ पटक
    भक्तपुर, ९ असार

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)को नतिजा सार्वजनिक गरेको छ ।

    शनिबार पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिएको हो । दिउसो ३ बजे सार्वजनिक गर्ने भनिएको नतिजा साँझ झण्डै ८ बजे सार्वजनिक गरिएको छ ।

    नतिजा अनुसार यसवर्ष नियमित तर्फ ४ लाख ५१ हजार ५ सय ३२ जना परीक्षार्थी सहभागी भएकोमा १४ हजार २ सय ३४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएका छन् ।

    त्यस्तै, जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याएर ४६ हजार १सय ३० जना, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याएर ४९ हजार ३७ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर ७० हजार ५सय१२ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ६१ हजार ८सय ७० जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर एक लाख १ हजार ४३ जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ३५ हजार ५ सय ८४ जना र शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ५८ हजार ६ सय ८८ जना उत्तीर्ण भएका छन् ।

    त्यसैगरी एक्जाम्टेडतर्फ जम्मा २५ हजार १३८ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर कोही पनि उत्तीर्ण भएका छैनन् । यसतर्फ जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म दुईजना उत्तीर्ण भएका छन् ।

    जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म १९ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर १सय ७७ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ७सय २ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर पाँच हजार ८सय ९५ जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याएर ६ हजार ५सय २७ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ३ हजार १ सय ८ जना उत्तीर्ण भएका छन् ।

     नतिजा हेर्न यहाँ क्लिक गर्नुस् : 

     http://www.see.ntc.net.np/

    http://result.soce.gov.np/

     

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...