News Portal

  • राजधानीसंगै जोडिएको ११४ वर्ष पुरानो भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा नहुनु दुखद् : यादव

    नेपालवाल संवाददाताभक्तपुर, १७ असार
    २४५९ पटक
    भक्तपुर, १७ असार

    उपप्रधान एवं स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकार शिक्षा र स्वास्थ्यको क्षेत्रमा संबेदनशील रहेको दावी गरेका छन् । शिक्षा र स्वास्थ्यमा सरकारले राम्रो गरे बाँकी क्षेत्रमा जनता आफैले गर्न सक्ने बताउदै यादवले सरकार शिक्षा र स्वास्थ्यको क्षेत्रमा जिम्मेवार रहेको जिकिर गरेका हुन् ।

    आइतवार भक्तपुर अस्पतालको ११४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री यादवले शिक्षा र स्वास्थ्य देश बिकाशको मेरुदण्ड भएको बताए । उक्त अवसरमा उनले भक्तपुर अस्पताललाइ एम्बुलेन्स प्रदान गर्ने प्रतिबद्धता समेत प्रकट गरेका छन् ।

    ”राजधानी संगै जोडिएको देशकै पुरानोमध्यको भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा नहुनु पत्याउन नसकिने कुरा हो । यसले देशको स्वास्थ्य सेवाको दुरावस्था झल्काउछ । म यसै बर्ष यस अस्पताललाई एम्बुलेन्स दिलाउन प्रतिबद्ध छु ।” उपप्रधान एवं स्वास्थ तथा जनसंख्या मन्त्री यादवले भने ।

    उनले भक्तपुर अस्पतालमा आइसीयु सहित बिशेषज्ञ डाक्टरहरुको व्यवस्था मिलाउन आफुले पहल गर्ने समेत बताए । जनताको स्वास्थ्यप्रति संबेदनशील बन्न तथा सर्वसुलभ र स्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका यादवले अस्पतालले थप गरेको हाइ केयर कक्षको उद्घाटन समेत गरे ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले अस्पताल प्रशाशन पारदर्शी बन्न नसकेको आरोप लगाएका थिए भने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले अस्पताललाई सुविधासम्पन्न बनाउन नगरपालिकाले सहयोग गर्ने आश्वासन दिए ।

    अस्पतालका अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा संचालित कार्यक्रममा प्रजिअ नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ ,जिल्लास्थित बिभिन्न कार्यालयका प्रमुखहरु, अस्पतालका पूर्व अध्यक्ष शुरेश न्यौपाने लगायत अस्पताल संचालक समिति र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा अस्पतालले नगद तथा प्रमाणपत्र द्वारा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...