News Portal

  • राजधानीसंगै जोडिएको ११४ वर्ष पुरानो भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा नहुनु दुखद् : यादव

    नेपालवाल संवाददाताभक्तपुर, १७ असार
    २२०९ पटक
    भक्तपुर, १७ असार

    उपप्रधान एवं स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकार शिक्षा र स्वास्थ्यको क्षेत्रमा संबेदनशील रहेको दावी गरेका छन् । शिक्षा र स्वास्थ्यमा सरकारले राम्रो गरे बाँकी क्षेत्रमा जनता आफैले गर्न सक्ने बताउदै यादवले सरकार शिक्षा र स्वास्थ्यको क्षेत्रमा जिम्मेवार रहेको जिकिर गरेका हुन् ।

    आइतवार भक्तपुर अस्पतालको ११४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री यादवले शिक्षा र स्वास्थ्य देश बिकाशको मेरुदण्ड भएको बताए । उक्त अवसरमा उनले भक्तपुर अस्पताललाइ एम्बुलेन्स प्रदान गर्ने प्रतिबद्धता समेत प्रकट गरेका छन् ।

    ”राजधानी संगै जोडिएको देशकै पुरानोमध्यको भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा नहुनु पत्याउन नसकिने कुरा हो । यसले देशको स्वास्थ्य सेवाको दुरावस्था झल्काउछ । म यसै बर्ष यस अस्पताललाई एम्बुलेन्स दिलाउन प्रतिबद्ध छु ।” उपप्रधान एवं स्वास्थ तथा जनसंख्या मन्त्री यादवले भने ।

    उनले भक्तपुर अस्पतालमा आइसीयु सहित बिशेषज्ञ डाक्टरहरुको व्यवस्था मिलाउन आफुले पहल गर्ने समेत बताए । जनताको स्वास्थ्यप्रति संबेदनशील बन्न तथा सर्वसुलभ र स्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका यादवले अस्पतालले थप गरेको हाइ केयर कक्षको उद्घाटन समेत गरे ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले अस्पताल प्रशाशन पारदर्शी बन्न नसकेको आरोप लगाएका थिए भने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले अस्पताललाई सुविधासम्पन्न बनाउन नगरपालिकाले सहयोग गर्ने आश्वासन दिए ।

    अस्पतालका अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा संचालित कार्यक्रममा प्रजिअ नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ ,जिल्लास्थित बिभिन्न कार्यालयका प्रमुखहरु, अस्पतालका पूर्व अध्यक्ष शुरेश न्यौपाने लगायत अस्पताल संचालक समिति र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा अस्पतालले नगद तथा प्रमाणपत्र द्वारा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    durlav thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको...

    सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक...

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...