News Portal

  • विश्वकपको सदावहार दावेदार ब्राजिल बाहिरियो

    नेपालवाल संवाददाताकाठमाडौं, २३ असार
    ११२९ पटक
    काठमाडौं, २३ असार

    विश्वकपको सदाबहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो ।

    योसँगै ब्राजिलको छैटौँ पटक विश्वविजेता बन्ने सपनामा ब्रेक लागेको छ । उता, सन् १९८६ पछि बेल्जियम विश्वकपको सेमिफाइलनमा पुगेको यो पहिलो अवसर हो । जीतसँगै बेल्जियमले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। आजको कजान रंगशालामा भएको खेलमा ब्राजिलले खेलको १३ औं मिनेटमा आत्मघाती गोलका कारण पछाडी पर्न गएको थियो। बेल्जियमले प्रहार गरेको कर्नरबाट आएको बललाई क्लिएर गर्ने क्रममा फर्नाडिन्होले गरेको हेडले ब्राजिलको आफ्ने पोस्टको जाली चुमे पछि ब्राजिल एक गोले पछि पर्‍यो।

    आत्मघाती गोलबाट पछाडी परेको ब्राजिललाई बेल्जियमले खेलको ३१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर गर्दै सेमिफाइनलबाट अझ पर धकेल्ने काम गरे। बेल्जियमका लागि दोश्रो गोल डिब्रुएनेले खेलको ३१ औं मिनेटमा गरेका थिए। २-० गोलले पछाडी परेको ब्राजिलले खेलमा फर्किन हरसम्भव प्रयास गर्यो र बेल्जियन पोस्टमा आक्रमण बनायो। उसले प्रहार गरेका थुप्रै प्रहार गोलमा परिणत हुन सकेन। उसले २७ वटा प्रहार बेल्जियन गोलपोस्टमा गरेको थियो जसमध्ये ९ वटा प्रहार ‘सट अन टारगेट’ थिए।

    यस्तैमा खेलको ७६ औं मिनेटमा अगस्टोले गरेको गोलबाट ब्राजिलले खेलमा फर्किने आशा जगायो। ब्राजिलले खेलको अन्तिम मिनेटसम्म खेलमा गोल गर्ने प्रयास गरेपनि ऊ सफल हुन सकेनन् र बेल्जियमलाई २-१ को नतिजा सुम्पन बाध्य भयो। बेल्जियमले अब फाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नुपर्नेछ। आज नै सम्पन्न भएको फ्रान्स र उरूग्वेबीचको खेलमा फ्रान्सले २ गोलको विजय हासिल गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...