News Portal

  • बेरुजु बढाउनु भनेको भ्रष्टाचार भएको प्रम आेलीको ठहर : कानूनी कारवाहीको चेतावनी

    नेपालवाल संवाददाताकाठमाडौँ, १५ साउन
    ९३२ पटक
    काठमाडौँ, १५ साउन

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारी मात्र नभई राजनीतिक नेतृत्व पनि आर्थिक नियम भित्र रहनुपर्ने बताएका छन् ।

    मंगलवार महालेखा परीक्षकको आर्थिक वर्ष २०७४/७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने दावी गर्दै राजनीतिक व्यक्ति भ्रष्ट भए देश भ्रष्टाचारबाट मुक्त हुन नसक्ने बताए ।

    सरकारी कार्यालयमा बेरुजु बढ्नु डरलाग्दो कुरा भएको भन्दै उनले बेरुजु बढाउनु भनेको भ्रष्टाचार भएकोमा जोड दिए । बेरुजु बढाउनु भनेको भ्रष्टाचार गर्नु हो , त्यसमा संलग्नलाई कानूनी कारवाही गर्नुपर्दछ ।” उनले भने ।

    बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको नाम बदनाम गराउने भन्दै प्रम ओलीले बेरुजु बढाउने होइन यसलाई अब यही पूर्णविराम लगाउनु निर्देशन समेत दिए ।

    बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आव २०७४/७५ मा रु ४८ अर्ब बेरुजु देखिएको जानकारी दिएका थिए भने उक्त अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र विभिन्न मन्त्रालयका सचिवको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...