News Portal

  • नेपालकै पहिलो भिक्षुणी विहार रहेको भक्तपुरमा बौद्ध चैत्य स्थापना

    बाबुराम दाहालभक्तपुर, १९ साउन
    ३१२० पटक
    भक्तपुर, १९ साउन

    नेपालकै पहिलो भिक्षुणी विहार रहेको भक्तपुरमा बौद्ध चैत्य स्थापना गरिएको छ । भक्तपुर- ९ वाचुहिटीस्थित विहार परिसरमा बौद्ध चैत्य स्थापना गरिएको हो ।

    विहार परिसरस्थित वाचुहिटी ढुंगेधारामा फेला परेको शिलालेख अनुसार राजा मानदेवको पालामा उक्त विहारमा भिक्षुणी संघ रहेको उल्लेख गरिएको र त्यसबारे उजागर गर्न चैत्य स्थापना गरिएको जीतलाल मानन्धरले जानकारी दिए ।

    शुक्रवार विशेष पूजा गरेर चैत्यको उद्घाटन गरिएको थियो । बौद्ध धर्मावलम्वी र स्थानीयको उत्साहजनक सहभागितामा उत्घाटन सम्पन्न भएको स्थानीय रामकृष्ण मानन्धरले बताए ।

    छानिएर राखिएको माटो तथा ढुंगाबाट बनाइएका पुज्य स्मारक नै चेतिय अर्थात चैत्य हुन् । चैत्यका ४ प्रकार मध्य यो लखं चैत्य अर्थात धर्म चैत्य भएको बताइएको छ ।

    उक्त चैत्यको गर्भगृहमा सवा लाख अरु चैत्य भएको र प्रत्येकलाइ शुद्ध कालो माटोमा मन्त्र फुकेर त्यसलाई तिलको तेलमा डुबाएर पाँच बौद्ध मन्त्र फुकेको अक्षता चढाएर निर्माण गरिएको जानकारी प्राप्त भएको छ । मिहिनेतका साथ् बनाइएको यो चैत्यका कालिगढ़ राजु लामाले पारिश्रमिक वापत ४ लाख ५० हजार आफूले लिएको बताए ।

    उक्त चैत्य निर्माणले उक्त स्थान वरपर सरसफाई समेत भएको र यसले एेतिहासिक, धार्मिक, सास्कृतिक महत्व बोक्नुका साथै वातावरणमा समेत राम्रो प्रभाव पारेको भन्दै स्थानीय राजेश मानन्धरले सन्तोष व्यक्त गरे ।

     

    निरन्तर खबरको लागि फेसबुक पेज लाइक गर्नुहोस ।

    https://www.facebook.com/Nepalwall/

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...