News Portal

  • ऊर्जा क्षेत्रको नियमनका लागि आयोग गठन गरिने

    नेपालवाल संवाददाताकाठमाडौं, २० साउन
    ६८८ पटक
    काठमाडौं, २० साउन

    ऊर्जा क्षेत्रको नियमनका लागि सरकारले विद्युत् नियमन आयोग गठन गर्ने भएको छ ।

    गतवर्ष नै पारित भएको विद्युत् नियमन आयोग ऐनको लागि विद्युत् नियमन आयोगको नियमावली पारित भएको पनि दुई महिना बितेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राजपत्रमा प्रकाशनका लागि पठाइसकेको जानकारी प्राप्त भएको छ ।
    ऐन र नियमावलीले गरेको व्यवस्थाअनुसार नै मन्त्रालयले विद्युत् नियमन आयोग गठन गर्न लागेको मन्त्रीको निजी सचिवालयले जनायो ।
    आयोगका लागि अध्यक्ष र सदस्यहरुको बिज्ञापन एक दुई दिन भित्रै गर्ने मन्त्रालयले तयारीसमेत गरेको बताइएको छ ।

    विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाइ विद्युतको माग र आपूर्तिमा सन्तुलन कायम राख्न, विद्युत् महसुल नियमन गर्न, विद्युत् उपभोक्ताको हक र हित संरक्षण गर्न आयोगको परिकल्पना गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...