News Portal

  • सूर्यविनायकमा मोटरसाइकलले ठक्कर दिँदा गयो जेष्ठ नागरिकको ज्यान

    बाबुराम दाहालकाठमाडौं, २९ साउन
    २७५३ पटक
    काठमाडौं, २९ साउन

    सूर्यविनायकमा साँझ मोटरसाइकलले ठक्कर दिँदा एक जेष्ठ नागरिकको ज्यान गएको छ । सूर्यविनायक-६ थापा पार्टी प्यालेस नजिक बा १९ प ३३६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा जेष्ठ नागरिक बर्ष ७० की लक्ष्मी देवी श्रेष्ठको ज्यान गएको हो ।

    साँझ ५ :२० बजेको समयमा गणेश मन्दिरबाट सूर्यबिनायक चोकतर्फ आउदै गरेको बा १९ प ३३६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक जिल्लाको चौतारा घर भै सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने ७० वर्षिया लक्ष्मी देवी श्रेष्ठको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलका अनुसार दुर्घटना भए लगत्तै डा. ईवामुरा मेमोरियल अस्पताल सल्लाघारी लगिएको लक्ष्मीलाई थप उपचारको लागि किस्ट (KIST) अस्पताल ईमाडोल पुर्याइएको भएपनि साँझ करीव ७ : ४५ बजे उनको मृत्यु भएको हो ।

    सोही दुर्घटनामा घाइते भएकी सल्लाघारी बस्ने बर्ष ६४ की मैया श्रेष्ठको अवस्था भने खतरा मुक्त रहेको बताइएको छ । उनको डा. ईवामुरा मेमोरियल अस्पतालमा उपचार भैरहेको डीएसपी पोखरेलले जानकारी गराएका छन् ।

    मोटरसाइकलसहित मोटरसाइकल चालक सूर्यविनायक-. ८ सिपाडोल बस्ने बर्ष ३८ को सानुभाई नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको र दुर्घटनाको थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

     

    Nepalwall को फेसबुक पेज लाइक गरी निरन्तर खबर प्राप्त गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...