News Portal

  • एशियाली खेलकूद प्रतियोगिताको एक भब्य समारोका बीच उद्घाटन सम्पन्न

    काठमाडौं, ३ भदाै
    २१६९ पटक
    काठमाडौं, ३ भदाै

    ८ औं संस्करणको एशियाली खेलकूद प्रतियोगिताको शनिबार साँझ एक भब्य समारोका बीच उद्घाटन गरिएको छ । सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे ।

    उद्घाटन समारोहमा सहभागी राष्ट्रका सबै खेलाडीले आफ्नो देशको राष्ट्रियता झल्कने पोशाकमा मार्चपास गरेका थिए। यस्तै कलाकारका विभिन्न प्रस्तुतिले पनि उद्घाटन समारोहलाई भब्य बनाउन मद्यत गरेको थियो । उद्घाटन समारोहलाई दशौं हजारले प्रत्यक्ष र टेलिभिजनमार्फत लाखौंले हेरेको बताइएको छ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल हो एशियाली खेलकूद अर्थात एशियाड ।

    उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ ।

    उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् । ४० खेलका ४ सय २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एशियाडमा ४५ देशका ११ हजार ५ सय खेलाडी सहभागी छन्।

    इण्डोनेसियामा सन् १९६२ मा पनि एशियाडको चौथो संस्करण भएको थियो ।

    इण्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकूदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ । त्यस्तै थाइल्यान्डका ८१६, दक्षिण कोरियाका ८०७, चाइनिज ताइपेइका ५५८ र भारतका ५७२ खेलाडी सहभागी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...