News Portal

  • काठमाडौ र ललितपुरलाई पराजित गर्दै भक्तपुरको मनकामनाले उचाल्यो उपाधी

    रेणु चेतालाभक्तपुर, ७ भदाै
    १७४६ पटक
    भक्तपुर, ७ भदाै

    एभरेष्ट इंगलिश स्कूल भक्तपुरको आयोजनामा भएको सातौं एभरेष्ट इन्टर स्कूल स्पेलिङ कन्टेस्टमा मनकामना इंगलिश स्कूल कमलविनायक भक्तपुर प्रथम भएको छ । प्रतियोगितामा जेम्स स्कुल धापाखेल ललितपुर द्धितीय र विद्या संस्कार हायर सेकेण्डरी स्कूल नयाँं वानेश्वर काठमाडौं तृतीय भए ।

    बिहीबार भएको फाइनल प्रतियोगिताका विजयीहरुलाई विहीबार नै ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरियो । शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख हरिप्रसाद दाहालले विजयी स्कूल तथा विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
    उक्त कार्यक्रमका प्रमुख अतिथि दाहालले प्रतियोगिताले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सहयोग मिल्ने बताउदै बिजेतालाई बधाई र आयोजकलाई धन्यवाद दिएका थिए ।

    कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्य, श्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीलगायतले उत्कृष्ट विद्यार्थीलाई बधाई दिएका थिए । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न सामुदायिक, निजी तथा आवासीय गरी ११ स्कूलका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...