News Portal

  • सुपर फ़ाइभ्स् कर्पोरेट च्यालेन्ज सम्पन्न, भक्तपुरलाई पराजीत गर्दै होलीडेजले हात पार्यो उपाधी

    नेपालवाल संवाददाताभक्तपुर, ६ असोज
    १९७५ पटक
    भक्तपुर, ६ असोज

    ‘सुपर फ़ाइभ्स् कर्पोरेट च्यालेन्ज’ फूटसल प्रतियोगिताको उपाधी काठमाडौको ड्रीमल्याण्ड होलीडेजले हात पारेको छ । शनिवार स्मार्ट इन्जीनियरीङ् कन्सलटेन्ट भक्तपुरलाई ३-० ले पराजीत गर्दै ड्रीमल्याण्ड होलीडेज बिजेता बनेको हो ।

    युथ वेलफेयर स्पोर्ट्स क्लब भक्तपुरद्वारा सूर्यविनायकमा आयोजित यस प्रतियोगितामा २८ टीमको सहभागीता रहेको क्लबका सदस्य सुदीप रायमाझीले जानकारी गराए । नक आउटको आधारमा खेलाइएको खेलमा प्रत्येक टीममा ५ खेलाडी रहेका थिए भने खेल बिहान ७ बजेदेखि राती ९ बजेसम्म संचालन भएको रायमाझीले बताए ।

    प्रतियोगितामा प्रथम हुने ड्रीमल्याण्ड होलीडेजलाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरियो भने द्वितीय हुने स्मार्ट इन्जीनियरीङ्ले नगद २५ हजार,ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । अायोजक युथ वेलफेयर स्पोर्ट्स क्लबले भने तृतीय स्थानमै चित्त बुझाउनुपर्यो । तृतीय हुने आयोजकले नगद पुरस्कार प्राप्त गरेन । जीत हार भन्दा पनि यसमा कर्पोरेट सक्रियताले उत्साह थपेको र सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न पाउदा संतोष मिलेको आयोजक युथ वेलफेयर स्पोर्ट्स क्लबका सचिव राजन श्रेष्ठको भनाई रहेको छ ।

    फूटबलप्रेमी सयौ दर्शकहरुको उपस्थितिमा संचालित उक्त प्रतियोगितामा सूर्यविनायक नगरपालिका वार्ड नम्बर– का वडाध्यक्ष किरण थापा त्यसैगरी वाईसीएल नेपालका केन्दीय सदस्य तथा श्रम तथा बैदेशिक रोजगार बिभाग प्रमुख समेत रहेका युवानेता कुमार लामा र नेपालवालका सम्पादक संजीप शुभचिन्तक अतिथिको रुपमा उपस्थित रहेका थिए ।

    अतिथिहरुले सेमिफाइनल र फाइनल खेलहरु अवलोकन गर्नुका साथै प्रथम र द्वितीय हुने टीमलाई आयोजकको तर्फबाट पुरस्कार वितरण समेत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...