News Portal

  • उपमेयरको घरमा दिनदहाडै चोरी, अनुसन्धान टोली भक्तपुर झिकाइयो

    नेपालवाल संवाददाताभक्तपुर, ६ मंसिर
    १७३५ पटक
    भक्तपुर, ६ मंसिर

    भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको घरमा दिनदहाडै चोरी भएको छ । जोशी भक्तपुर नगरपालिकाकी उपमेयर भए पनि उनको सूर्यविनायक‍- ८ मा रहेको घरमा चोरी भएको हो ।

    भूकम्पले भक्तपुर नगरपालिका स्थित घरमा असर गरेपछि सूर्यविनायक- ८ स्थित नयाँ घरमा जोशी परिवार सरेको जानकारी प्राप्त भएको छ । अझै निर्माण सम्पन्न नभैसकेको उक्त घरमा मंगलवार दिनदहाडै चोरी भएको हो ।

    मंगलबार दिउसै घरको मूल ढोका फोडेर भित्र पसेका चोरले नगद र गरगहना चोरेर बेपत्ता भएको बताइएको छ । उपमेयर जोशीले करीव १५ लाख बराबरको धनमाल चोरी भएको रिपोर्ट गरेकी छन ।

    जनप्रतिनिधिकै घर असुरक्षित भएको भन्दै स्थानीयहरुले टोलको सुरक्षा अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन । प्रहरीले बढ्दो चोरी नियन्त्रण गर्न नसकेको मानिसहरुको आरोप छ ।
    उत्पत्यका नगरपालिका फोरमले बिज्ञप्ती नै निकालेर उपत्यका भित्रको सुरक्षा व्यवस्था तथा आम नागरिकको सुरक्षामाथि समेत प्रश्न चिन्ह खडा भएको भनेको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरले भने चोरीमा संलग्नहरुको खोजी भैरहेको बताएको छ । ‘’घर एकान्तमा भएकोले थाँहा हुन् सकेन , दिउसोको घटना प्रहरीलाई साँझ साढे ६ बजेतिर मात्रै खबर भयो । अहिले भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखा , टेकुबाट आएको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ, चोरीमा संलग्नहरु उम्कन सक्नेछैनन ।” महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं डीएसपी रेवतीरमण पोखरेलले नेपालवाल संग भने । जिल्लामा चोरीका घटना भएतापनि चोरहरु समात्न प्रहरी सफल भएको जिकिर गर्दै पोखरेलले चोरी नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...