News Portal

  • भक्तपुरमा आफ्नै स्कूल बसले लियो ७ वर्षिया बालिकाको ज्यान

    नेपालवाल संवाददाताभक्तपुर, २१ मंसिर
    २४६१ पटक
    भक्तपुर, २१ मंसिर

    भक्तपुरको चाँगुननारायण नगरपालिकामा एउटा स्कूल बसले आफ्नै विद्यार्थीलाई ठक्कर दिदा उनको ज्यान गएको छ ।

    रोम्बस इंग्लिस स्कूलको विद्यार्थी बोकेर फर्किएको बा.१ क ७२८५ नम्बरको बसले बसबाट ओर्लिएर बाटो काट्न लागेकी बालिकालाई ठक्कर दिदा उनको ज्यान गएको हो ।

    चाँगुननारायण-८ रानीबारी सुडालमा भएको उक्त दुर्घटना सोही ठेगाना घर भएकी ७ वर्षिया प्रतिष्‍ठा खत्रीको ज्यान गएपछि सुडाल शोकमग्न भएको छ ।

    दिउसो २:३० बजे भएको दुर्घटनाबाट घाइते बालिका खत्रीको उपचारको लागी मध्यपुर अस्पताल ल्याएकोमा ४ बजे मृत्यु भएको प्रहरी प्रवक्ता रेवतीरमण पोखरेलले पुष्टि गरे । बस चालक भक्तपुर -८ लिवाली बस्ने बर्ष ३७ को दिपक लाखेमरुलाई महानगरीय प्रहरी वृत जगातीको नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...