News Portal

  • भक्तपुरको ब्यासीमा कन्टेनरले लियो २३ वर्षिया तामाङको ज्यान

    भक्तपुर, ६ पुस
    १०७६ पटक
    भक्तपुर, ६ पुस

    भक्तपुरमा कन्टेनरले स्कुटीलाई ठक्कर दिंदा २३ वर्षिया युवतीको ज्यान गएको छ । दुर्घटना बेलुकी करीव ४ बजेको समयमा भएको थियो ।

    भक्तपुर नगरपालिका- ६ ठुलो ब्यासीबाट सानो ब्यासी तर्फ आउदै गरेको ना ७ ख १६४७ नं.को कन्टेनरले सोही दिशातर्फ आउदै गरेको बा ९३ प २६९२ नं. को स्कुटीलाई ठक्कर दिँदा स्कुटीको पछाडी सवार काभ्रेको बनेपा नासिकास्थान घर भई हाल जिल्ला काठमाण्डौ सामाखुशी बस्ने
    बर्ष २३ की कबिता तामाङको मृत्यु भएको छ ।

    तामाङको घाईते भई उपचारका लागी भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

    स्कुटी चालक जिल्ला मकवानपुर बाग्मती गाँउपालिका-फापरबारी घर भई हाल जिल्ला काठमाण्डौ बालाजु बस्ने बर्ष २७ कीनानुमाया बाईबाको बि एण्ड बि अस्पताल ललितपुरमा उपचार भईरहेको छ ।

    कन्टेनर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-२ बस्ने बर्ष ३४ को जिवन कुमार थापा महानगरीय प्रहरी परिसर भक्तपुरको
    नियन्त्रणमा रहेको र दुर्घटनाको थप अनुसन्धान कार्य भइरहेको डीएसपी रेवतीरमण पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...