News Portal

  • भक्तपुरको फुट्सलमा ललितपुरले लग्यो चालिस हजार

    भक्तपुर, २९ पुस
    ११४६ पटक
    भक्तपुर, २९ पुस

    लियो क्लब अफ भक्तपुर सुर्यविनायकले फ़ुट्सल प्रतियोगिता सम्पन्न गरेको छ । १७ प्रतियोगी समुह बीच भएको रोमाञ्चक प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

    भक्तपुरको सुटर्स फ़ुट्सलमा आयोजित प्रथम ‘अल नेपाल लियो ओपेन फुट्सल टुर्नामेन्ट -२०१९’ शनिवार सम्पन्न भएको हो । क्लबका अध्यक्ष प्रमिला तुल्सिबाक्योले रेफ्रीलाई बल हस्तान्तरन गरेर उक्त प्रतियोगिता उद्घाटन गरिएको थियो |

    चालिस हजार धन राशी सहितको उक्त प्रतियोगिता आफ्नो पक्षमा पार्न १७ वटै समूहले आकर्षक खेल प्रदर्शन गरेका थिए । ‘अल नेपाल लियो ओपेन फ़ुट्सल टुर्नामेन्ट -२०१९’ को बिजेता बन्न भने ललितपुरको येती ग्रुप सफल भयो । भक्तपुरको सुटर्स ग्रुपले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।
    जुजु इभेन्टसँगको सहकार्यमा सम्पन्न उक्त प्रतियोगिता क्लबका उपाध्यक्ष सुशान्त सुवाल र कोषाध्यक्ष प्रमित बज्राचार्यले क्रमश बिजेता र उपविजेतालाई मेडल र सर्टिफिकेट हस्तान्तरन गरेर समापन गरिएको थियो भने , बिजेतालाई चालिस हजार रुपैयाको चेक हस्तान्तरन भने जुजु इभेन्टका एलिश मानन्धर, मिलन तमखु र रोहित मानन्धरले संयुक्त रुपमा गरेका थिए ।

    युवाहरुमा जोश जाँगर बढाउन र खेलको माध्यमबाट भाइचारा कायम राख्न उक्त प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...