नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणाले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग कार्यकक्षमा पुगी भक्तपुरको बिकाश निर्माण बारे चासो व्यक्त गरेका छन ।
आइतबार भक्तपुर नगरपालिका आएका राणाले भक्तपुरले गरेको प्रगतीबात सिक्नुपर्ने समेत बताए ।
नेपालगञ्जले फोहोर व्यवस्थापन र कलेज संजालन गर्न खोजेको बताउदै राणाले फोहर व्यवस्थापन र कलेज संचालनमा भक्तपुरको अनुभव सहयोगी हुने बिचार व्यक्त गरेका थिए ।
भनपाले आफ्नै स्रोत–साधनले कलेजहरू सञ्चालन गरी नमूना प्रदर्शन गरिरहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी गराएका थिए । प्रमुख प्रजापतिले जनताको घरदैलोसम्म पुगेर नर्सिङ सेवा दिइरहेको, फोहर व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहर छुट्याई घर–घरसम्म लिने गरेको र ख्वप अस्पताल सञ्चालन गर्न भवन निर्माण गरिरहेको समेत अवगत गराए ।
प्रमुख प्रजापतिले स्थानीय तहहरु आफ्नै खुट्टामा उभिनुपर्ने भन्दै आफूहरु सधै सहयोगको लागि तयार रहेको प्रतिबद्धता समेत प्रकट गरेका थिए ।