News Portal

  • भक्तपुरको प्रगतीबात धेरै सिक्नुपर्नेछ : प्रमुख राणा

    भक्तपुर, ५ फागुन
    १५१३ पटक
    भक्तपुर, ५ फागुन

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणाले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग कार्यकक्षमा पुगी भक्तपुरको बिकाश निर्माण बारे चासो व्यक्त गरेका छन ।

    आइतबार भक्तपुर नगरपालिका आएका राणाले भक्तपुरले गरेको प्रगतीबात सिक्नुपर्ने समेत बताए ।

    नेपालगञ्जले फोहोर व्यवस्थापन र कलेज संजालन गर्न खोजेको बताउदै राणाले फोहर व्यवस्थापन र कलेज संचालनमा भक्तपुरको अनुभव सहयोगी हुने बिचार व्यक्त गरेका थिए ।

    भनपाले आफ्नै स्रोत–साधनले कलेजहरू सञ्चालन गरी नमूना प्रदर्शन गरिरहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी गराएका थिए । प्रमुख प्रजापतिले जनताको घरदैलोसम्म पुगेर नर्सिङ सेवा दिइरहेको, फोहर व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहर छुट्याई घर–घरसम्म लिने गरेको र ख्वप अस्पताल सञ्चालन गर्न भवन निर्माण गरिरहेको समेत अवगत गराए ।

    प्रमुख प्रजापतिले स्थानीय तहहरु आफ्नै खुट्टामा उभिनुपर्ने भन्दै आफूहरु सधै सहयोगको लागि तयार रहेको प्रतिबद्धता समेत प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...