News Portal

  • नेमकिपाको चीन मोह : भक्तपुर नगरपालिकाद्वारा नि:शुल्क चिनियाँ भाषा प्रशिक्षण शुरु

    चिनियाँ साहित्य, सभ्यता र इतिहासको ज्ञान आवश्यक : विजुक्छे

    १९८५ पटक

     

     

     

    भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीको किल्लाका रुपमा पनि परिचित भक्तपुर नगरपालिकाले निशुल्क चिनियाँ भाषाको प्रशिक्षण शुरु गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार एक कार्यक्रमका बीच उक्त भाषा कक्षाको उद्घाटन समेत गरेका छन् ।

    कम्युनिष्ट देश चीनको भाषा पढाउनुको पछाडी कुनै राजनीतिक स्वार्थ वा चीन मोह मात्र नभएको नगरपालिकाले जनाएको छ । भक्तपुरमा आउने चिनियाँ पर्यटकलाई मध्यनजर गर्दै चिनियाँ भाषाको प्रशिक्षण शुरु गरिएको नगरपालिकाको दावी छ ।

    कार्यक्रममा अध्यक्ष बिजुक्छेले चिनियाँ पर्यटकको बसाइ लम्ब्याउन भाषा कक्षाले भूमिका खेल्ने विस्वास व्यक्त गरे । पर्यटन व्यवसायलाई फस्टाउन चिनियाँ भाषा तालिम र पथप्रदर्शकलगायतका तालिमहरू उपयोगी हुने बताउँदै अध्यक्ष बिजुक्छेले चिनियाँ भाषा सँगसँगै चिनियाँ साहित्य, सभ्यता र चीनको इतिहासको अध्ययनमा समेत नयाँ पुस्ताले जोड दिनुपर्ने आवश्यकता औल्याए ।

    चिनियाँ भाषा हेर्दा जटिल जस्तो भएपनि सिक्दै जाँदा सरल भाषा भएकोले यसको ज्ञानसंगै चिनियाँ साहित्य, सभ्यता र इतिहासको ज्ञान समेत हासिल गर्न सकिने अध्यक्ष विजुक्छेले बताए । उनले नयाँ पुस्ताको व्यक्तित्व विकास गर्न यसले सहयोगी भूमिका खेल्ने उल्लेख गरे ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका युवा पुस्तालाई रचनात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी गराएका थिए भने उपप्रमुख रजनी जोशीले आफूले सिकेको तालिम र सीपमार्फत आफू परिष्कृत हुने र समाजको लागि योगदान पुर्या‌उने ढंगले काम गर्न अभिप्रेरित गरेकी थिइन् ।

    उक्त अवसरमा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, कार्यपालिका सदस्य तथा तालिम संयोजक रोशनमैया सुवाल र वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा लगायतले प्रशिक्षणको औचित्वबारे प्रस्ट पारेका थिए । बुधबारदेखि नै  भाषा कक्षासंगै पाक शिक्षा सिकाइने कक्षा पनि उद्घाटन भएको बताइएको छ ।

    भक्तपुर नगरपालिकाले स्थानीय सरकारको तर्फबाट युवाहरूलाई सीपमूलक तालिम संचालन गर्दै आइरहेको छ । यस अघि फोटोग्राफी, कृषि प्राविधिक तालिम, लिपि, सिलाइ, काष्ठकला, कपाल काट्ने, पथप्रदर्शक तथा रेडियो प्रस्तोता लगायतका विभिन्न तालिम संचालन भैसकेका छन् । युवालाई उत्तरदायी र सक्षम बनाउने उदेश्यले यस्ता तालिम संचालन गर्दै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...