शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले व्यापक रुपमा शाखा अधिकृतहरुको सरुवा गरेको छ ।
साउन ३ गते निर्णय गर्दै मन्त्रालयले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणीका शाखा अधिकृतहरूलाई पदस्थापना–कामकाज गर्न खटाइएको जनाएको हो ।
यो सरुवा संगै शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित शिक्षाका केन्द्र र कार्यालयहरुमा व्यापक कर्मचारी हेरफेर भएका छन् भने भक्तपुरको शिक्षा इकाईमा पनि भक्तबहादुर गोदार र खुलानाथ गौतम आएका छन् ।