News Portal

  • देवेन्द्रलाई नेकपाले दिएन जिम्मेवारी, भक्तपुर इन्चार्जको पद दिलिप प्रजापतिको पोल्टामा

    भक्तपुर, ५ साउन
    २९३७ पटक
    भक्तपुर, ५ साउन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ले सवै जिल्लामा जिल्ला इन्चार्जशीपको टुंगो लगाएको छ । अध्यक्षद्वय प्रचण्ड र केपी ओलीको निर्णय अनुमोदन गर्दै आज बसेको सचिवालय बैठकले इन्चार्जको टुंगो लगाएको हो ।

    नेकपाको निर्णय अनुसार भक्तपुर जिल्लाको नेकपा इन्चार्जको जिम्मेवारी दिलिप प्रजापति ‘भिष्म’ को पोल्टामा परेको छ भने सह इन्चार्ज सोम मिश्र भएका छन् । प्रजापति पूर्व माओवादी केन्द्रका नेता हुन् भने मिश्र पूर्व एमाले हुन् । उनीहरु दुवै पार्टीका केन्द्रिय सदस्य समेत हुन् ।

    नेकपाले पार्टीका पूर्व इन्चार्जलाई इञ्चार्जशीप दिने निर्णय यस अघि नै सार्वजनिक भएपछी भक्तपुरमा देवेन्द्र श्रेष्ठ इन्चार्ज हुने पक्कापक्की देखिएको थियो । पूर्व एमालेका बचन देउजा भक्तपुर पार्टीका अध्यक्ष भएकाले पूर्व माओबादीको भागमा परेको इन्चार्जमा देवेन्द्र नै एक उम्मेदवार देखिएका थिए । त्यहिँ आकलन अनुरुप नेकपा भक्तपुरका शुभेच्छुकहरुले उनलाई बधाई र शुभकामनाको वर्षात समेत गरिसकेका थिए । तर, एकाएक पार्टी केन्द्रले भने दिलिप प्रजापतिलाई इन्चार्जको जिम्मेवारी थमाइदिएको छ ।

    केन्द्रिय सदस्य समेत भएका थिएनन देवेन्द्र

    देवेन्द्र श्रेष्ठ दिवाकर जनयुद्धका बैज्ञानिक भनेर पनि परिचित नाम हो । उनी प्राविधिकको रुपमा रहेर योगदान गरेका थिए । पार्टी खुला राजनीतिमा आएपछि नेवा: राष्ट्रिय मुक्ति मोर्चाका महत्वपूर्ण जिम्मेवारीमा रहेर उनले काम गरेका थिए भने भक्तपुरको इन्चार्ज हुनुका साथै पहिलो संविधान सभा निर्वाचनमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई कडा टक्कर दिएका थिए । तर पछिल्लो समय उनी राजनीति पिडित बनेका देखिन्छन । उनलाई यस अघि नेकपाले केन्द्रिय सदस्य समेत बनाउन आवश्यक ठानेन भने प्रदेश सांसद समेत उनलाई दिइएको थिएन । पूरै परिवार जनयुद्धमा सामेल देवेन्द्रलाई पार्टीले एक पछि अर्को जिम्मेवारी च्युत गर्दै जानुले उनको राजनीतिक भविश्य धरापमा पार्न खोजिएको उनका शुभेछुकहरु गुनासो गर्छन ।

    हेर्नुस इञ्चार्ज र सह–इञ्चार्जकाे नामावली

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...