News Portal

  • सूर्यविनायक-५ मा दिनदहाडै चोरी, स्थानीय आतंकित

    भक्तपुर, १५ साउन
    ४८१७ पटक
    भक्तपुर, १५ साउन

    मंगलवार विहान सानी छोरीको उपचार गर्न मेडिकल गएकी प्रेमकुमारीको कोठा दिन दहाडै फोरिन्छ । चोरले कोठाको धनमाल चोरेर विहान ११ बजेको समयमा नै फरार हुन्छ तर छिमेकी र प्रहरीले पत्ता लगाउन सक्दैनन् ।

    यो घटना सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को सृजनानगर स्थित महाकाली पेट्रोल पम्प पछाडीको बस्तीमा भएको चोरीका घटना हो । मंगलवार विहान अन्दाजी ११ बजेको समयमा नै चोर पसेर कोठामा भएका गरगहना र पैसा चोरेर फरार भएको पिडितले भक्तपुर पोस्टलाई जानकारी गराएका छन् ।

    सोलुखुम्बु घर भै सूर्यविनायक नगरपालिका-५ मा डेरा लिई बस्दै आएकी प्रेमकुमारी सुनुवारको कोठामा दिनदहाडै चोरी भएको हो । श्रीमान र बच्चासहित बस्दै आएकी प्रेमकुमारीले आफूहरु नभएको मौका पारी चोरले ताला फोडेर आफ्नो सम्पती चोरेर लगेको बताइन् ।

    उनका अनुसार कोठाको ताला फोडेर पसेको चोरले काठको दराज फोडेर समान चोरेको हो । आफ्नो डेढ तोला सुनका गहना, ८ हजार नगद चोरिएको उनको भनाइ छ । त्यतिमात्र होइन, चोरले सिरान मुनी राखेको खुकुरी त्यसैगरी मोबाइल र अन्य सामान समेत चोरेर फरार भएको बताइएको छ ।

    प्रेमकुमारीको मात्र होइन उक्त घरको भुइँ तलामा रहेका सबै कोठा फ़ुटालिएको अवस्थामा छ । अन्य कोठामा स्थानीय एक पसलको गोदाम भएकोले चोरलाई सम्पति हात लागेन । चोरले उक्त गोदामबाट काजु र किसमिसका पोकाहरु चोरेको एक स्थानीयले जानकारी गराए ।

    दिनदहाडै चोरीको घटना भएपछी स्थानीय त्रसित बनेका छन् । यस अघि पनि उक्त बस्तीमा रहेको एक घरमा कोहि नभएको मौका पारी दिउसै लाखौको सम्पति चोरी भएको थियो । १ वर्ष अघि अहिले चोरी भएकै ठाउँमा रातको समय पारी ४ पसलका सटर फुटाएर चोरले लाखौ रकम चोरेर लगेको थियो ।

    प्रहरीले भने चोरहरुको खोजी भैरहेको बताएको छ तर चोर समात्न सकिरहेको छैन । दिनमै चोरी हुन थालेपछि सुरक्षाको अवस्था नाजुक बनेको स्थानीयको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...