News Portal

  • हनुमन्ते पुलमा लूटपाट गरी फरार लुटेरा १० महिनापछि पक्राउ

    भक्तपुर, १८ साउन
    १२९३ पटक
    भक्तपुर, १८ साउन

    प्रहरीले दुवाकोटको लूटपाटमा संलग्न एक लुटेरालाई पक्राउ गर्न सफल भएको छ । घटनाको १० महिनापछि प्रहरी लुटेरा पक्राउ गर्न सफल भएको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २९ वर्षीय पदम तिमिल्सिना रहेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा नरेफाँटमा तिमिल्सिनालाई फेला पारी पक्राउ गरेको बताएको छ ।

    पक्राउ परेका तिमिल्सिनाको साथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल, फेनारगन ६ एम्पुल र मोबाइल ७ थान प्रहरीले बरामद गरेको बताइएको छ ।

    चाँगुनारायण नगरपालिका-२ दुवाकोट हनुमन्ते पुलमा २०७५ असोज २४ गते नगद २ लाख रुपैयाँ र मोबाइल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा तिमिल्सिनापक्राउ परेका प्रहरीले जनाएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...