News Portal

  • ठगी मुद्दामा सजाय पाएपछि फरार भएका श्रेष्ठ बोडेबाट समातिए

    भक्तपुर, १९ साउन
    ८९५ पटक
    भक्तपुर, १९ साउन

    ललितपुर जिल्ला अदालत पाटनबाट ठगी मुद्दामा सजाय पाएपछि फरार भएका ठिमीका एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मध्यपुर ठिमि नगरपालिका-१ बस्ने ४८ वर्षीय सुनिल श्रेष्ठ रहेका प्रहरीले बताएको छ । उनी आइतवार पक्राउ परेका हुन् । प्रहरीले उनलाई मध्यपुर ठिमि नगरपालिका-१ बोडेबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार ललितपुर जिल्ला अदालत पाटनले उनलाई एक ठगी मुद्दामा १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ५८ हजार ३ सय ८७ रूपैयाँ ४० पैसा जरिवाना सजाय तोकिई दिएपछि उनी फरार रहेका थिए ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...