News Portal

  • गोली हानीदिन्छु भनेपछि हङ्गामा

    भक्तपुर, २१ साउन
    १११४ पटक
    भक्तपुर, २१ साउन

    भक्तपुरको सल्लाघारीस्थित तिनकुने ट्राफिक लाइटमा मंगलवार स्थिति तनावग्रस्त बन्न पुग्यो । ट्राफिक प्रहरीले एक यात्रुवाहक बसलाई कारवाही गर्न खोज्दा यात्रीले प्रतिरोध गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

    बा ५ ख १५४५ नम्बरको यात्रुबाहक बसले ढोका नलगाई बस चलाएको भन्दै ट्राफिक प्रहरीले बस नियन्त्रणमा लिएपछि यात्रीले प्रतिरोध गरेका थिए । मंगलवार साँझ करिव ६ बजेको समयमा बस नियन्त्रणमा लिई बसका चालकसंग प्रहरीले कागजपत्र मागेको थियो । चालक-प्रहरी बीच समन्वय गर्न गएका केहि यात्रीलाई एक प्रहरीले गोली हानी दिने भनेर ताकेपछि उनीहरु भड्किएका थिए ।

    बसमा सवार यात्री सर्वसाधारण नपरेपछि प्रहरीलाई आच्छु आच्छु परेको थियो । खासमा उक्त बस धुलिखेलबाट निजामती कर्मचारी बोकेर काठमाडौ जादैं गरेको मयुर यातायातको बस थियो । प्रहरीले सर्वसाधारणलाई थर्काए झैँ उनीहरु थर्किनेवाला थिएनन । उनीहरुले उल्टै प्रहरीलाई नै थर्काईरहेका थिए ।

    प्रहरीको ब्यवहारको विषयलाई लिएर यात्रीहरु आक्रोसित भएपछि बीच सडकमै प्रहरी-यात्री बिबादले उग्र रुप लिनपुग्यो । करीव १५ मिनेटसम्म चलेको विवादका कारण अन्य सवारी आवागमन समेत प्रभावीत बनेको थियो । अन्त्यमा, महानगरीय प्रहरी प्रभाग, कटुन्जेका प्रहरी सहायक निरीक्षक मनोज साह स्थितिलाई साम्य बनाउन सफल भए । उनले बसलाई कारवाही नगर्ने भन्दै यात्रीहरुलाई सम्झाइबुझाई पठाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...