News Portal

  • बालिका बलात्कार आरोपमा ५२ वर्षिय पुजारी पक्राउ

    भक्तपुर, २७ साउन
    ९२५ पटक
    भक्तपुर, २७ साउन

    चिनजानको मान्छे अथवा छिमेकी हो भन्दैमा सबैलाई विश्वास गर्न नहुने अवस्था आएको छ ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका-१ दधिकोटका ५२ वर्षीय तीर्थराज न्यौपानेले आफ्नै टोलकी एक बालिकलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउदै काठमाडौ महानगरपालिकाका एक कर्मचारी पनि यस्तै अपराधमा संलग्न भएको पाइएको छ ।

    काठमाडौं महानगरपालिकाका कुचीकार प्रमुख ५२ वर्षीय बाबुराज पुजारी बलात्कार आरोपमा पक्राउ परेका छन् ।

    काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय पुजारीले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

    पुजारीलाई आइतबार साँझ अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    बोगटीका अनुसार पीडित पक्षको उजुरीका आधारमा पुजारीलाई पक्राउ गरिएको हो । पुजारी अहिले महानगरीय प्रहरी बृत्त जनसेवाको हिरासतमा छन् ।

    बालिकाका आमाबुवासँग राम्रो चिनजान भएका पुजारीले घरमा एक्लै भएको अवस्थामा बालिकामाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...