News Portal

  • आर्थिक नीति नै उपयुक्त छैन : अध्यक्ष थापा

    काठमाडौं, ३२ साउन
    ६३६ पटक
    काठमाडौं, ३२ साउन

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाहरुको रगत र पसिना बेचेर समृद्धिको सपना नदेख्न चेतावनी दिएका छन् ।

    राप्रपाको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष थापाले ४५ लाख युवा विदेश निर्यात गरेर मुलुक समृद्ध नहुने बताएका हुन्।

    आफूलाई श्रमिक र किसानको प्रतिनिधी दावी गर्ने कम्युष्टिहरुको दुई तिहाइको सरकारले नेपाली युवाहरुलाई खाडीमा रगत र पसिना बेच्न बाध्य गराई रहेको उनको आरोप छ ।

    रेमिट्यान्सले देश चलाउने सरकारको ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा गफमा सिमित भएको उनको भनाइ छ ।

    सरकारले अवलम्वन गरेको आर्थिक नीति नै श्रमिकमैत्री नभएको भन्दै उनले उद्योग व्यवसाय फस्टाउन नसक्नु र आर्थिक वृद्धिदर बढ्न नसक्नु त्यसकै उपज भएको बताए । ‘आर्थिक नीति नै उपयुक्त छैन, कसरी होस् प्रगती?’ उनले प्रश्न गरे ।

    उक्त अवसरमा उनले अबको निर्वाचनमा कांग्रेस र कम्युनिष्ट लाई फ्याकेर राप्रपा देशको प्रमुख शक्तिको रुपमा आउने सपना पनि देखाउन भ्याए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ नेता दिपक वोहराले समेत सम्बोधन गरेका थिए ।

    ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा श्रमिक नेताहरु प्रेम बहादुर खत्री, युसुफ साफी, हर्कजंग थुंगीम लिम्बु लगायतले मन्तब्य व्यक्त गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...