News Portal

  • असुरक्षित बन्दै सडक : फेरि गयो चारदोबाटोमा एक युवकको ज्यान

    भक्तपुर, ६ भदौ
    १०१८ पटक
    भक्तपुर, ६ भदौ

    भक्तपुरमा शुक्रवार बिहान भएको सडक दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ भने अर्का युवकको अस्पताल भर्ना भएका छन् ।

    बिहान १०:३० बजेको समयमा मध्यपुर ठिमी-४ नयाठिमी चारदोबाटोमा मोटर साइकल र स्कूटर एक आपसमा ठोक्किदा मोटरसाइकल चालक मध्यपुर ठिमी- ५ कमेरेटार बस्ने बर्ष २२ को राजेश गोजाको ज्यान गएको हो ।

    भक्तपुरबाट काठमाडौ तर्फ जादै गरेको बा ७३ प ९७२१ नं.को मोटर साइकल र कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोट तर्फ जादै गरेको बा ६७ प ६७५४ नं.को स्कुटी एक आपसमा ठक्कर खाँदा गोजाको ज्यान गएको हो ।

    घाईते भई उपचारका लागी मध्यपुर अस्पताल अस्पताल पुर्याइएका गोजाको करीव ११:२० बजेको समयमा मृत्यु भएको चिकित्सकले घोषणा गरिदिएका हुन् ।

    स्कुटी चालक भक्तपुर-५ तौमढी बस्ने बर्ष ३१ को प्रबिण लोहलाको मध्यपुर अस्पतालमा उपचार भईरहेको महानगरीय प्रहरी परिसरका सूचना अधिकारी समेत रहेका रेवती रमण पोखरेलले बताए ।

    दुबै सवारी साधन महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेको र प्रहरी टोलीले दुर्घटनाको थप अनुसन्धान कार्य गरिरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...