News Portal

  • बंगलादेश ४-१ अन्तरले पराजित : नेपाल फाइनल नजिक (फोटो फिचर)

    भक्तपुर, ११ भदौ
    २१४६ पटक
    भक्तपुर, ११ भदौ

    भारतमा जारी साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल बंगलादेश बिरुद्ध जित निकाल्दै साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल नजिक पुगेको छ। प्रतियोगितामा १५ वर्ष मुनिका खेलाडी सहभागी छन् ।

    कल्याणी मैदानमा सम्पन्न खेलमा नेपाललाई जित्न पर्ने दबाब रहेको थियो। दबाबमा उत्कृस्ट खेल प्रदर्शन गर्दा बंगलादेश ४-१ अन्तरले सहजै पराजित हुन पुग्यो। नेपालको लागि क्रिशन यादबले २ गोल तथा सुगम जिमी र प्रदिप लम्सालले १/१ गोल गर्न सफल भए।

    प्रतियोगितामा यस अघि नेपाल भारतसंग पहिलो खेलमा ५-० गोल अन्तरले पराजित भएको थियो भने दोश्रो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो।

    जितसंगै नेपाल अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। आयोजक भारत सहित, नेपाल, बंगलादेश, , श्रीलंका र भुटान सहभागी प्रतियोगिताबाट अंकतालिकामा उत्कृस्ट २ टिमले फाइनलमा स्थान बनाउने हुनाले नेपालको उत्कृस्ट २ हुने सम्भवना प्रवल बनेको छ।

    बंगलादेश र नेपालको समान ६-६ अंक रहेको छ। हेड टु हेडको आधारमा नेपाल अघि रहेको छ।अंकतालिकामा भारत ९ अंक सहित पहिलो स्थानमा रहेको छ।

    लिग चरणको अन्तिम खेलमा नेपालले भुटानसंग २९ अगस्ट ( बिहिबार ) मा तथा बंगलादेशले भारतसंग सोहि दिन खेल्ने तालिका रहेको छ।

    भारत फाइनल पुगीसकेको अवस्थामा अन्तिम खेलमा नेपाल फाइनल पुग्न अब अन्तिम खेलमा भुटानलाई पराजित गर्नुपर्नेछ भने बंगलादेशलाई भारतले पराजित गर्नुपर्नेछ।

    खेलको फोटोहरु – 

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...