News Portal

  • नेपालको लज्जास्पद हार

    भक्तपुर, १४ भदौ
    १३५९ पटक
    भक्तपुर, १४ भदौ

    लिग चरणको अन्तिम खेलमा भुटानलाई ६-० ले पराजित गर्दै भारतमा जारी अन्डर-१५ पुरुष साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको नेपाल निरास बनेको छ । फाइनलमा भारतसंग नेपालले लज्जास्पद हार व्यहोरेको हो ।

    शनिवार भएको फाइनल खेलमा भारतले नेपालविरुद्ध ७–० को शानदार जित हात पार्यो । नेपाल लिग चरणको पहिलो खेलमा पनि भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । त्यसयताका सबै खेल जितेको नेपालले भारतसंग बदला लिने अवसर पाएपनि कामयाब हुन् सकेन ।

    रोउण्ड रोविन लिगका आधारमा नेपाल र भारत फाईनल प्रवेश गरेका थिए ।

    साफ यू–१५ को उपाधि जित्ने नेपालको सपना यसपटक पनि पूरा हुन सकेन । पहिलो हाफमा ३ गोल खाएको नेपालले दोश्रो हाफमा थप ४ गोल खाइ लज्जास्पद हार सहित दोश्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।

    यस प्रतियोगिताको उद्घाटन खेलमा भारतसंग ५-० गोल अन्तरको हार बेहोरेपछि नेपालले लगातार ३ खेलमा जित हाँसिल गरेको थियो । यस क्रममा नेपालले श्रीलंकालाई २-० गोल अन्तरले, बंगलादेशलाई ४-१ गोल अन्तरले र भुटानलाई ६ -० गोल अन्तरले पराजित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...