News Portal

  • भक्तपुरमा पनि देखियो डेंगु : यस्ता छन् बच्ने उपाय

    भक्तपुर, १५ भदौ
    ५१६७ पटक
    भक्तपुर, १५ भदौ

    के तपाइँको परिवारमा कसैलाई एक्कासी उच्च ज्वरो आएर असाध्यै टाउको दुखिरहेको छ ? ज्वरोमा आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोश हुने आदि लक्षणहरू देखिएका छन् ? यदि छ भने डेंगु रोग लागेको पनि हुनसक्छ ।

    देशभर फैलिरहेको यो रोग भक्तपुरमा पनि देखिएको छ । भक्तपुरमा अहिलेसम्म १० जनामा डेंगुको संक्रमण देखिएको भक्तपुर अस्पतालले जनाएको छ भने अन्य अस्पतालमा समेत यस्ता रोगी भेटिएका हुनसक्ने भन्दै जनस्वास्थ्य कार्यालय भक्तपुरले सावधानी अपनाउन विशेष जनचेतनामूलक अभियान नै चलाउने भएको छ ।

    के हो डेंगु रोग ?
    यो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिज एजिप्टाई जातको पोथी लामखुट्टेले टोक्दा यो रोग सर्दछ ।

    कस्तो हुन्छ डेंगु सार्ने लामखुट्टे

    एडिज लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । यसले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । खास गरी वर्षाको पानी जम्ने सफा खाल्डाखुल्डी, खाली बट्टा र ड्रमहरू, गमला, पानीको ट्ंयाकी आदिमा यो लामखुट्टेले फुल पार्ने गर्दछ । सोही क्षेत्र यिनीहरुको बासस्थान हो ।

    कति खतरा

    डेंगु रोग क्लासिक, हेमोरेजिक र साक सिन्ड्रोम गरी ३ प्रकारका छन । क्लासिक डेंगु आफै सन्चो हुन्छ तर डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु पनि हुन सक्छ । त्यसैले बेलैमा सुविधासम्पन्न अस्पतालमा डेंगुको इलाज गराउनुपर्दछ ।

    बच्ने उपाय

    डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु आवश्यक छ । त्यसका लागि झूल, जाली, स्प्रे आदीको प्रयोग बढाउनुपर्दछ । दिउसो यो रोग सार्ने लामखुट्टे सक्रिय हुने हुँदा बाहुले लुगा लगाएर बस्नुपर्छ । लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ ।

    त्यसका अलावा लामखुट्टे नियन्त्रणका लागि सफा पानी जम्ने खाल्डाखुल्डी हटाउनुपर्दछ । सफा पानी जम्न सक्ने गमला, खाली बट्टा र ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू, ट्यांकीहरु, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ । घर वरिपरि लामखुट्टे बस्न नदिन सरसफाइमा अत्यधिक ध्यान दिनु आवस्यक छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...