News Portal

  • पहिरोले घर पुर्दा एकाघरका ३ को ज्यान गयो

    भक्तपुर, १५ भदौ
    १३१७ पटक
    भक्तपुर, १५ भदौ

    तस्वीर : सांकेतिक

    भीषण पहिरोमा परि जाजरकोटमा तीन जनाको ज्यान गएको छ ।

    भेरी नगरपालिका–२ मा पहिरोले घर पुर्दा एकाघरका ३ जनाको ज्यान गएको हो ।

    शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले ३२ वर्षीया पार्वती वली, उनकी छोरीहरु नौ वर्षीया मोतीकला र तीन वर्षीया धनसरा घरसँगै पुरिएका हुन् । घरमुली बलबहादुर घरबाहिर सुतेका कारण बाँच्न सफल भएको बताइएको छ ।

    यसैबीच भक्तपुरको लोकन्थलीमा पनि पहिरो गएका कारण मानिसहरु घर छोड्न बाध्य बनेका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १स्थित लोकन्थली हाइटमा पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । एक साता अघि पहिरो गएको यो क्षेत्रमा पुन: पहिरो गएपछि स्थानीय त्रसित बनेका हुन् ।

    वडाध्यक्ष सुरज खड्काले भने एउटा घर मात्र जोखिममा रहेको र अन्यको अवस्था सामान्य भएको भक्तपुर पोस्टलाई जानकारी गराएका छन् । उनका अनुसार स्थानीय सन्तोष तामाङको अढाई तले घर जोखिममा रहेको छ ।

    यस अघि गएको पहिरो रोक्न नगरपालिकाले पर्खाल बनाइरहदा अर्को तर्फबाट पहिरो गइ सडक भासिएको भन्दै वडाध्यक्ष खड्काले जनताको जीउधनको सुरक्षा गर्न स्थानीय सरकारले कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...