News Portal

  • कुकुर मार्ने मेयरमाथि मुद्दा

    खोटाङ, १८ भदौ
    १४३५ पटक
    खोटाङ, १८ भदौ

    खोटाङमा भुस्याहा कुकुरलाई निर्ममतापुर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भुस्याहा कुकुर नियन्त्रणका क्रममा निर्ममतापुर्वक चिरुवा दाउराले टाउकामा कुटेर मारेको भन्दै मेयर दिपनारायण रिजाल, कुकुर नियन्त्रणका क्रममा खटिएका दिक्तेलका खेलराज आचार्य र भोजपुर घर भइ हाल मेयर रिजालको घरमा बस्दै आएका श्रेष्ठ थरका एक जना कामदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुुरी परेको हो।

    घर पालुवा तथा सामुदायिक पशु (कुकुर)लाई निर्दयी व्यवहार गर्नुका साथै निर्ममतापुर्वक मारेको भन्दै मंगलबार खोटाङकै जन्तेढुंगा गाउँपालिकाका बाजिन्द्र बिष्ट, स्नेहाज केयरका पशु प्राविधिक सुमनकुमार श्रेष्ठ, नेपाल भेटेनरी एसोसिएसनका डा. सिताराम यादवले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए। चिरुवा दाउराले मुखमा, टाउकामा कुट्ने, झुण्ड्याउने र विषसमेत प्रयोग गरी सार्वजनिक स्थलमा कुकुरलाई मारेको तथा कतिपयलाई अचेत अवस्थामा खाल्डोमा पुरेकाले मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपंक्षी सम्वन्धी कसुर बमोजिम अपराध भएकाले सो अनुुसार कानूनी कारबाहीका लागि उजुरी दिइएको जनाइएको छ।

    गत शनिबार बिहान दिक्तेलको त्रिबेणीचोकमा भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो फेसबुकमार्फत सार्वजनिक भएको थियो। कुकुर नियन्त्रणका क्रममा खटिएका व्यक्तिले टाउकामा दाउराले हिर्काएर कुकुर मारेको भिडियो बाहिरिएपछि सामाजिक सञ्जालमा पक्ष÷विपक्षमा बहस चलिरहेको छ। सामाजिक सञ्जालमा पनि कुकुर मारेको विषयभन्दा पनि मार्नेक्रममा अपनाइएको शैलीका विषयमा बढि प्रश्न उठिरहेको देखिएको छ। मेयर दिपनारायण रिजाल सचिवालयले भने भुस्याहा कुकुरलाई हैजा लागेको कारण मर्न थालेको र मरेका कुकुरलाई व्यवस्थापन गर्नेक्रममा बाटोमा एउटा कुकुरले जनावरलाई टोकेर भाग्दै गर्दा अरुलाई पनि टोक्ने सम्भावना भएकाले केही व्यक्तिले नियन्त्रण गर्ने क्रममा कुटपिट गरि मारिएको जानकारी आएको जनाएको छ।

    दिक्तेलमा कुकुरलाई निर्मम तरिकाले मारेको घट्ना बाहिरिएपछि स्नेहाज केयर र नेपाल भेटेनरी एसोसिएसनको टोली सोमबार आइपुगेको थियो। सो टोलीले मंगलबार बिहान ६/७ वटा कुकुरको उपचार गरेर फर्किएको नागरिक दैनिकमा खबर छ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...