News Portal

  • आफ्नो मिहिनेत र सीप देशकै माटोमा प्रयोग गर्न मेयरको मार्गनिर्देशन

    भक्तपुर, १९ भदौ
    १९०७ पटक
    भक्तपुर, १९ भदौ

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा जनताको लगानी रहेको भन्दै यसमा अध्ययनरत विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्वबोध हुनुपर्नेमा जोड दिएका छन् ।

    बुधबार ख्वप बहुप्राविधिक अध्ययन संस्थान पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख प्रजापतिले नर्सिङ पेशामार्फत बहुसंख्यक जनताको हितमा काम गर्न प्रेरित गरेका थिए । उनले नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरुको व्यवहार राम्रो हुनुपर्ने, सरसफाइमा र अनुशासनमा ध्यान दिनुपर्ने पनि बताए  ।

    नयाँ पुस्ताका विद्यार्थीहरुमा विदेश जाने, धेरै पैसा कमाउने, बिलासी जीवन जिउनेजस्ता सुविधाभोगी बानी विकास भइरहेकोप्रति सचेत पार्दै प्रमुख प्रजापतिले आफ्नो मिहिनेत र सीप देशकै माटोमा प्रयोग गर्न मार्गनिर्देशन गरे ।

    उक्त अवसरमा वडा नं. ९ का वडाध्यक्ष एवम् कलेज व्यवस्थापन समितिका सदस्य रबिन्द्र ज्याख्वले नर्सिङका विद्यार्थीहरुले सेवा गर्ने भावनाको विकास गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

    कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले विद्यार्थीहरुले धेरै समय सामाजिक सञ्चालमा खर्चिंदा पढाइमा असर पुग्ने र पढाईप्रति ध्यान नजाने हुँदा यसतर्फ विद्यार्थीहरुलाई सचेत हुन आग्रह गरेका थिए भने नर्सिङ विभागका विभागीय प्रमुख सुमित्रा बुढाथोकीले विषयवस्तुको ज्ञान, आत्मविश्वास र मिहिनेत योग्य नर्स बन्न आवश्यक औजार भएको भन्दै योग्य नर्स उत्पादन गर्न कलेज प्रतिबद्ध रहेको बताइन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...