News Portal

  • ७ जिल्लाका महाधिवेशन प्रतिनिधिलाई भक्तपुरमा प्रशिक्षण : शुक्रवार शिर्ष नेताहरुको सम्बोधन

    भक्तपुर, १९ भदौ
    १७१७ पटक
    भक्तपुर, १९ भदौ

    नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । उपत्यका र आसपासका जिल्लाका महाधिवेशन प्रतिनिधिको लागि काँग्रेसले प्रशिक्षण कार्यक्रम राखेको हो ।

    २० र २१ गतेको लागि निर्धारण गरिएको उक्त प्रदेश स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम भक्तपुरको बोडेमा हुने भएको हो । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले कार्यक्रमको संयोजन तथा व्यवस्थापनको जिम्मा लिएको छ । नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले मध्यपुरथिमी–९ बोडे स्थित कृषि विकास बैंकको तालीम केन्द्रमा उक्त प्रशिक्षण कार्यक्रम हुने र त्यसको लागि सम्पूर्ण पूर्वतयारी पूरा भएको जानकारी गराएका छन् ।

    प्रशिक्षणमा प्रदेश नम्बर ३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिको सहभागिता रहने बताइएको छ । उपत्यकाका ३ जिल्लाका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रतिनिधि प्रशिक्षणमा सहभागी हुनेछन् । थापाका अनुसार ७ जिल्लाका ३ सय १२ जना महाधिवेशन प्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन । समसायिक राजनीतिक, आर्थिक, सामाजिक लगायतका विषयमा आरजु राणा देउवा, गिरिराज शर्मा, राजु नेपाल, पुरुषोतम दाहाल लगायतले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।

    उक्त प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन शुक्रवार बिहान १० बजे हुने बताइएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रशिक्षण उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा काँग्रेसका शिर्ष नेताहरुले समेत सम्बोधन गर्ने जानकारी प्राप्त भएको छ । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानप्रमुख बिमलेन्द्र निधि लगायतका नेताहरुले सम्बोधन गर्ने प्रशिक्षण उद्घाटन कार्यक्रममा सर्वसाधारण समेत सहभागी हुनसक्ने भक्तपुर काँग्रेसको भनाइ छ । उक्त उद्घाटन कार्यक्रम बोडेको धोबुस्थित खुलास्थलमा हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...