News Portal

  • नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्छ : सचिव सुवाल

    भक्तपुर, ३ असोज
    १८९३ पटक
    भक्तपुर, ३ असोज

    भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद समेत रहेका नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्ने बताएका छन् । शुक्रवार सल्लाघारीमा पार्टीको सातौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सचिव सुवालले सो कुरा बताएका हुन् ।

    एक हातले सिन्दुर हाल्ने र अर्को हातले नागरिकता लिने कुरा स्वीकार्य नहुने भन्दै उनले नागरिकता सम्बन्धी कानुन बनाउदा उदार बन्न नहुने अभिव्यक्ति दिए ।

    सचिव सुवालले इन्डो प्यासिफिक सैन्य गठबन्धनको नाममा नेपाललाई बलीको बोको बनाउन खोजिएको बताउदै सोही कारण नेमकिपाले इन्डो प्यासिफिक सैन्य गठबन्धनको विरोध गरेको बताए ।
    उनले अमेरिकाको दबाबमा सरकारले प्रजग कोरियाली लगानी सबै फिर्ता लान दबाब दिएको चर्चा गर्दै संयुक्त राष्ट्र सङ्घले प्रजग कोरियाविरुद्ध आणविक हतियार बनाएको आरोप लगाएको झूट भएको र संसारमा सबभन्दा बढी हतियार उत्पादन गर्ने देश अमेरिका नै भएको जिकिर गरे ।

    “प्रजग कोरियाको साम्राज्यवादविरोधी सङ्घर्षलाई नेपालजस्तो सानो देशले समर्थन गर्नुपर्ने नेमकिपाको मत हो ।” सचिव सुवालले भने ।

    उक्त अवसरमा उनले प्रतिनिधिसभामा नेमकिपाले देश र जनताको हितमा गर्दै आएको पहलबारे प्रस्ट पारेका थिए ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्न बिर्सनु भएको त छैन ? फेसबुकमै समाचार प्राप्त गर्न पेज लाइक गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...